खेलकुद

झापा बन्याे ‘सी’ डिभिजन लिग च्याम्पियन

By admin

June 03, 2022

काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि जितेको छ ।

 

सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो ।

 

झापालाई जित दिलाउन विशाल खवासले दुई गोल गरे । यस्तै मनिष लिम्बु र पुजन राईले एक-एक गोल गरे । स्वयम्भूका पाल्साङ लामा र राजिब मगरले एक एक गोल फर्काए ।

 

लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोड्यो । दोस्रो बनेको प्लानिङ ब्वाइजले ३१ अंक जोड्यो । प्लानिङ समेत बी डिभिजनमा बढुवा हुने दोस्रो टोली बनेको छ । झापा यसअघि नै दोस्रो डिभिजनको लिगमा उक्लिएको थियो ।