समाज

अर्जुनधाराका जनप्रतिनिधिलाई प्रतिष्ठानद्वारा बधाई

By admin

June 06, 2022

अर्जुनधारा । जङ्गबीर गुभाजु श्रेष्ठ प्रतिष्ठानले अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै शुभकामना प्रदान गरेको छ । अर्जुनधारा ११ मा रहेको प्रतिष्ठानले आज जनप्रतिनिधिलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएको हो ।

 

समितिका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद बृख प्रधानको प्रमुख आतिथ्य तथा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ र नगर उपप्रमुख खड्गमाया पराजुलीको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा दुवै वडाका सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।

 

कार्यक्रममा नगर प्रमुख तामाङ, उपप्रमुख पराजुली, वडा नम्बर ११ का वडा अध्यक्ष खगेन्द्र इङनाम, १० नम्बर अध्यक्ष भुपेन्द्र नेउपाने लगायतले प्रतिष्ठानको बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।