समाज

झापाको मेचीनगरमा ब्राउन सुगरसहित दुई पक्राउ

By admin

June 14, 2022

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित मेचीनगरमा दुईजना पक्राउ परेका छन् । मंगलबार दिउँसो १ः३० बजे ईलाका प्रहरी कार्यालय धुलाबारी, लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा मेचीनगर १२ बस्ने अन्दाजी २४ वर्षीय सुरज मेचे र अन्दाजी २२ वर्षीय जीवन सार्की रहेका छन् । पक्राउ परेका मेचेमाथि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ८ ग्राम ५२ मिलिग्राम ब्राउनसुगर, नगद ७३ हजार, मोबाइल एक थान, डिजिटल मिनी तराजु फेला परेको थियो ।

 

उनीसंगै रहेका सोही ठाउँ बस्ने सार्की समेत उक्त कार्यमा संलग्न देखिएकोले दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।