समाज

संखुवासभामा कैदीको मृत्यु

By admin

June 16, 2022

संखुवासभा । जिल्ला कारागार संखुवासभामा एक कैदीको मृत्यु भएको छ । पाँचखपन नगरपालिका २ स्याबुनका ३९ वर्षीय सुरेश तामाङको बिहीबार मृत्यु भएको हो ।

 

छाती दुखेर अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको जेलर विनोद अधिकारीले बताए । मृत्युको कारण पोस्टमार्टम पछिमात्रै आउने उनले बताए । मृतक तामाङ १८ महिनादेखि जबरजस्ती करणी मुद्दामा जेलजीवन बिताइरहेका थिए ।