खेलकुद

झापा एफसीका खेलाडी तथा अफिसियललाई झापा गोल्डकपद्वारा नगदसहित सम्मान

By admin

June 17, 2022

बिर्तामोड । झापा गोल्डकप आयोजक समितिले झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई आज सम्मान गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रमका बीच खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरिएको हो । यसअघि जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको थियो ।

 

खेलाडी तथा अफिसियलको हौसलाका लागि नगदसहित सम्मान गरिएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताए । अध्यक्ष बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई जनही ११ हजार रुपैयाँ प्रदान गरिएको छ । क्लबका खेलाडी तथा अफिसियल गरी ३० जना छन् ।

 

‘सी’बाट ‘बी’ मा बढुवा भएपछि झापा गोल्डकपले उनीहरुलाई सम्मानसहित नगद प्रदान गरेको महासचिव गजेन्द्रबहादुर पौडेलले बताउनु भयो । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सहभागीलाई झापा गोल्डकपका उपाध्यक्ष सुवास भट्टराईले स्वागत गरेका थिए ।

 

कार्यक्रममा झापाली फुटबलका अगुवा जलकुमार गुरुङ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, वडाध्यक्ष मदन बुढाथोकी, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष टीकाराज ढकाल लगायतले बोलेका थिए ।

 

खेलाडी तथा अफिसियलः सञ्जय गुरुङ, टेकेन राना मगर, पेमा तामाङ, लक्ष्मण बेघा लिम्बू कप्तान, सुमन मगर, विशाल थिङ तामाङ, सञ्जोग मगर, मनिष योङहाङ, पारस कार्की, पुजन राई, विशाल खवास, सन्दीप लिम्बू, निखिल तामाङ, दिनेश मुर्मू, विश्वास सुब्बा, सिद्धार्थ अधिकारी, विक्रम राई, आशिष गुरुङ, शान्तिराम बस्नेत, युवराज तामाङ, खगेन्द्र बयलकोटी, विशाल राई ए, हरिबहादुर मगर ।

 

टिम व्यवस्थापकः पेम्बु गुरुङ, टिम सहायक व्यवस्थापकः गोपाल राई, मुख्य प्रशिक्षकः अंकुरकुमार खड्गी, गोलकिप्पर प्रशिक्षकः रोशन शाह ठकुरी ।