समाज

मोटरसाइकल चोरी गर्ने पेस्तोलसहित पक्राउ

By admin

June 19, 2022

विराटनगर । मोरङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न हुने एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा ६ मोरङ घर भई सुनसरीको दुहवी ३ मा बस्ने विनोद चौधरी रहेका छन् ।

 

प्रहरीको नियन्त्रणमा रहेका उनलाई नियन्त्रणमा लिने क्रममा शनिबार साँझ उनीबाट एक थान पेस्तोल पनि बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । प्रहरीले उनकाे साथबाट पेस्ताेलमा प्रयाेग हुने एक थान बुलेट र एक थान म्यागेजिन पनि बरामद गरेकाे छ ।

 

यस्तै एक महिनामा चोरीका २१ थान मोटरसाइकलसहित १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । उनले भने, ‘चोरले आधुनिक प्रविधि अपनाएर बुलेट लगायतका मोटरसाइकल चोरी गरेको पाइएको छ ।’ उनका अनुसार विनोदसहित सञ्जय र मुकुन्द चौधरी यसका नाइके भएको पाइएको छ ।