समाज

भद्रपुरमा साइकल चोरी गर्ने २ जना पक्राउ

By admin

June 21, 2022

झापा । झापाको भद्रपुर नगरपालिकामा साइकल चोरी गर्ने २ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी गरिएका ४ थान साइकल पनि बरामद गरिएको छ ।

 

भद्रपुर नगरपालिका एरियामा विभिन्न स्थानमा पार्किङ गरिराखेको साइकलहरु चोरी भइरहेको भन्ने सूचनाको आधारमा चोरी गर्ने ब्यक्तिहरुको निगरानी तथा पहिचान गर्दै जाँदा असार ३ गते भद्रपुर ९ देवकोटा चोकका ३९ वर्षीय उदय दाहालले साइकल चोरी गरिरहेको अवस्थामा फेला परेको थियो ।

 

उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा २ थान गियरवाला साइकल, १ थान लेडिज साइकल चोरी गरी बिभिन्न स्थानमा लुकाई राखेको खुल्न आएको थियो ।

 

जसअनुसार असार ६ गते भद्रपुर ८ बस्ने १९ वर्षीय पेन्टा भन्ने लालदेव महतोले सोमराज थापाको १ थान गियरवाला साइकल चोरी गरी बिक्री गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गर्दा नेपाल भारत सिमाना मेचीपुलमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

 

नियन्त्रणमा लिएको २ जना र ४ थान साइकल जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं डिएसपी वसन्त पाठकले जनाएका छन् ।