खेलकुद

पाँचथर भलिवलमा २३ वर्षपछि नेतृत्व परिर्वतन

By admin

June 22, 2022

पाँचथर । जिल्ला भलिवल संघ पाँचथरमा २३ वर्षपछि नेतृत्व परिर्वतन भएको छ । फिदिममा संघले मंलबार अधिबेशन गरी नेतृत्व परिर्वतन गरेको हो । २०५६ सालमा जिल्ला भलिवल संघ पाँचथर स्थापना भएयता अधिबेशन भएको थिएन ।

 

निबर्तमान अध्यक्ष महेन्द्र थापा मगरले नेतृत्व गरेपछि संघलाई २३ वर्षपछि नेतृत्व हस्तान्तरण गरेका छन् । मंलबार भएको संघको अधिबेशनले बविन चौहानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । चैहानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ ।

 

समितिको उपाध्यक्षमा बेदप्रसाद श्रेष्ठ र कोपिला उप्रेती, महासचिवमा कमल तुम्रोक र कोषाध्यक्षमा सुजन पुरी निर्विरोध चयन भएका नेपाल भलिवल संघ पाँचथरले जनाएको छ । त्यस्तै, सदस्यमा बसन्त आङ्देम्बे, प्रभा काम्वाङ, जुनु केरुङ, नरेन्द्र थापा र कबिर तुम्बापो निर्विरोध चयन भएका छन् ।

 

संघको अधिबेशनमा केन्द्रीय सचिव तथा जिल्ला तथा प्रदेश नं १ निर्वाचन संयोजक मदन खड्काको उपस्थित रहेको थियो । प्रदेश अधिवेशनका लागि प्रत्येक जिल्लाबाट दुईजना र केन्द्रीय अधिवेशनका लागि एकजना प्रतिनिधि समेत छनौट गरिनेछ ।

 

प्रदेशको अधिवेशन यही असार १० गते हुनेछ । त्यसका लागि असार ७ गतेसम्ममा प्रदेश नं १ का १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको भलिबल संघले जनाएको छ ।