समाज

बुद्धशान्तिका युवा ३४ ग्राम ब्राउन सुगरसहित पक्राउ

By admin

June 22, 2022

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका निवासी एक युवालाई हिजो ३४ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । हिजाे साँझ ७ बजेतिर बिर्तामोड क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का ३१ वर्षीय चन्द्रबहादुर लिम्बू पक्राउ परेका हुन् । बिर्तामोड नगरपालिका २ स्थित चारपानेबाट इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले लिम्बूलाई पक्रेको हो ।

 

प्रहरीले लिम्बूको साथबाट पप्लाष्टिकको पोकाभित्र लागुऔषध ३४ ग्राम ब्राउनसुगर फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिएर झापा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं डिएसपी वसन्त पाठकले जनाएका छन् ।