स्वास्थ्य

आजदेखि ५-११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप

By admin

June 23, 2022

झापा । आज बिहीबारदेखि ५-११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ ।

 

त्यसैगरी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । खोप लगाउन नजिकैको विद्यालयमा रहेको खोप केन्द्रमा लान मन्त्रालयले आग्रह गरेको छ ।

 

दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । देशमा ५-११ उमेर समूहका बालबालिका करिब ३९ लाख छन् ।