समाज

इलामको उच्च पहाडी क्षेत्रमा विद्युत अनियमित, सेवाग्राही मर्कामा

By admin

June 23, 2022

इलाम । इलामको उच्च पहाडी क्षेत्रमा छिनछिनमा बदलिने मौसमले गर्दा उपभोक्ताले नियमित विद्युत उपभोग गर्न पाएका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर विद्युत विस्तार गरिए पनि वर्षातमा हावाहुण्डरीले विद्युतीय पोल र तारमा गर्ने क्षतिसँगै बाक्लो हिउँ जम्ने भएपछि उपभोक्ताले नियमिति विद्युत उपभोग गर्न नपाएका हुन् ।

 

इलामका उच्च पहाडी बस्तीमा केन्द्रीय विद्युत प्रशारण लाइन पुगेको छ । राज्यको करोडौँ रकम खर्चेर पुगेको विद्युत नियमित रुपमा नियमित उपभोग गर्न भने यहाँका बासिन्दाले पाएका छैनन् । यस क्षेत्रको हावापानीका कारण उपभोक्ताले नियमित रुपमा विद्युत उपभोग गर्न नपाएका हुन् ।

 

यस क्षेत्रका गाँउ बस्तीमा विद्युत पुर्‍याउन लामो विद्युत प्रशारण लाइन निर्माण गरिएको छ । विस्तार भएको विद्युतको प्रशारण लाइनमा वर्षातको झरी, हावाहुण्डरी र हिउँले गर्दा नियमित विद्युत उपभोगका लागि बाधक बनेको हो ।

 

भौगोलिक अवस्थाका कारण प्राधिकरणले स्थानीय क्षेत्रमा विद्युतको मर्मत गर्ने दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसक्दा मर्मतमा पनि ढिलाई हुने गरेको छ । यसलाई समाधान गर्न गाँउपालिकाले पहल गर्ने सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताउनुभयो ।

 

इलामको सूर्योदय नगरपालिका, माईजोगमाई र सन्दकपूर गाउँपालिकाभित्र उच्च पहाडी क्षेत्रमा बस्ती छन् । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने यस क्षेत्रमा विद्युत प्राधिकारणले २०५७ सालबाटै विद्युत विस्तारको काम सुरू गरेको थियो ।

 

लामो विद्युत प्रशारण लाइन र मौसमको प्रतिकूलताले गर्दा विद्युत नियमित नभएकाले प्राधिकरण छुट्टै फिडर बनाउने योजनामा छ । फिडर छुट्टै बनाउने योजनाको काम समेत अगाडि बढेको विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख डेगराज पौडेलले बताउनुभयो ।

 

चालु आर्थिक वर्षमा उच्च पहाडी क्षेत्रमा विद्युत प्रशारण गर्ने ६ किलोमिटर तार परिवर्तन हुनेछ । यो वर्ष इलामको सबैभन्दा उचाईको पर्यटकीय क्षेत्र सन्दकपूर जोड्ने प्रशारण लाइनको तार परिवर्तन गर्नका लागि माग पनि हुँदै आएको छ । इमेज खबरबाट