समाज

वर्षाले झापामा २७७ घरपरिवार विस्थापित

By admin

June 28, 2022

झापा । अविरल वर्षाका कारण झापाका विभिन्न स्थानका दुईसय ७७ घर परिवार विस्थापित भएका छन् भने यो समाचार तयार पार्दासम्म मानवीय क्षति भने भएको छैन ।

 

शिवसताक्षी १ का हरिदेव ताजपुरियाको कुखुराको फारममा नजिकै रहेको पैनिको पानी पस्दा १ हजार २ सय वटा बोईलर कुखुरा मरेका छन् । कुखुराको दानासहित ताजपुरियाको १० लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । कचनकवल १ पिण्डलबारीमा बिरिङ खोलामा आएको बाढीका कारण नेपाल भारत सीमा स्तम्भ पिलर नम्बर २८, २९ डुबान परी नदेखिने अवस्थामा छ । कचनकवल १ स्थित सिमा स्तम्भ पिलर नम्बर २८ र २९ डुबान भएर नदेखिने अवस्थामा रहेका छन् ।

 

बर्षातका कारण झापाका अधिकांश स्थानीय तहहरुका स्थानीयहरु प्रभावित भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमल २ भालु गाउँका रामवहादुर भण्डारीको बाँसको टाटीबेरा भएको घरमा पैनिको पानी थियो । त्यस्तै क्याम्पा बजारकी ४३ वर्षीया नारायणी नेपालको टिनको छाना इँट्टाको पर्खाल भएको घरमा खेतको पानी घरमा पसेपछि हाल दुवै परिवारलाई छिमेकिको घरमा सारिएको जनाइएको छ ।

 

दमक ६ जेसीज चौकका अभिनारायण खनालको किराना पसलमा पानी भित्र पस्दा चिनी ३ बोरा, चामल ८ बोरा, मैदा २ बोरा र चाउचाउ भुजा भिजेको, सामान अन्यत्र कोठामा सारिएको छ । प्रहरी चौकी महारानीझोडाको क्षेत्र गौरादह ४ र ५ का विभिन्न स्थानमा गरी अन्दाजी २२ घरमा डुवान भए पनि उनीहरु घरमै बसिरहेको जनाइएको छ ।

 

वर्षातको कारण रतुवा खोलाको पानी ओभरफ्लो भएर बस्तीमा पस्दा गौरादह ६ स्थित टंगुवा बस्तीमा अन्दाजी २५ घरमा करिव १/२ फिट पानी जमेको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय गौरिगञ्जका प्रहरी निरीक्षकको कमाण्डमा १५ जनाको टोलीसहित स्थानीय पालिकासँगको समन्वयमा उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

 

त्यसैगरी शिवशताक्षी ११ स्थित इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालमा पानी पसेर दुईवटा कम्प्युटरमा क्षति पुगेको, शिवसताक्षी ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज स्वास्थ्य चौकी भवन र औषधि पसलमा अन्दाजी ३ फिट पानी जमेर क्षति भएका छ । सोही स्थानका मानबहादुर दर्जी, संजय मलीकको मकल डुब्बा खोलाबाट आएको पानी पसेर अन्दाजी ३ फिट पानी घरमा जमेको छ ।

 

गौरीगञ्ज १ महाभारा खोला छेउमा घर भएकी रणमाया लिम्बूको घरभित्र बनियानी खोलाको पानी अन्दाजी ४ फिट जमेको गौरीगञ्ज १ बालुबारीमा माईखोलाको पानी ओभरफ्लो भएर १५ घर, देविगडामा ५ घर, टप्पु बस्तीमा अन्दाजी १२ घरमा ३ फिट पानी जमेको छ । प्रहरी चौकी कुञ्जिबारीको टोलीले स्थानीय निकायँंग समन्वयमा उनीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भएको जनाइएको छ ।

 

गौरिगञ्ज-१ बालुबारीमा माईखोलाको पानी ओभरफ्लो भएर बस्तीमा पस्दा १५ घर, देविगडामा ५ घर, टप्पु बस्ती १२ घरमा ३ फिट पानी जमेको छ । इलाका प्रहरी कार्यालय झिलझिलबाट प्रहरी।निरिक्षकको कामाण्डको टोलीले स्थानिय निकायसँग समन्वय गरि सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको छ ।

 

शिवसताक्षी-४ सन्थाल बस्ती (सुकुम्बासी बस्ती) मा कमल-बनियानी खोलाको पानी ओभरफ्लो भएर बस्तीमा पस्दा सो बस्तीमा रहेका ३० घरमा ४ फिट पानी पसेर डुबान भएपछि उनीहरुलाई नजिकै रहेको त्रिभुबन माबिमा सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ ।

 

त्यस्तै बाह्रदर्शी-२ को भूतेनी खोलामा आएको बाढीका कारण ४ वटा घरमा पानी पस्न सक्ने जोखिम भएकोले इलाका प्रहरी कार्यालय राजगढको प्रहरी टोलीले स्थानियसँग समन्वयमा सुन्दरपुर प्राबिमा घरको सामान सार्ने कार्य भईरहेको छ ।

 

बिर्तामोड-२ चैतुबारीस्थित घाग्रा खोलाको पानीले कनकाई र अम्बे प्लाई फ्याक्ट्री छेउबाट कटान गरी बस्तितर्फ पानी पसेकोले इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोली र स्थानीयबासीको सहकार्यमा बाँसको प्रयोग गरी बाध बाँधने कार्य भइरहेको छ ।

 

बाह्रदर्शी-२ स्थित सुकुम्बासी बस्तीमा अदुवा खोलामा आएको बाढीका कारण ६० घरमा पानी पसेर डुबेपछि राजगढको प्रहरी टोलीले स्थानियसँंगको समन्वयमा दक्षिणेश्वर मन्दिरमा स्थानान्तरण गरिएको छ ।

 

झापा गाउँपालिका-६ बालुबथानको तिरिङखोलामा बाँध सामान्य फुटेकोले प्रहरी टोली, बिओपि टाघनडुब्बा झापाबाट सप्रनिको टोली र स्थानीयसहितको सहयोगमा बोरामा बालुवा हालेर बाँध बाँध्ने कार्य भएको साथै उक्त स्थानमा मानवीय तथा चौपाय क्षति नभएको जनाइएको छ ।

 

गौरीगंज-२ भाकुरमारीस्थित माइखोलाको छेउमा टहरा बनाइ खेती गर्न बसेका ७ घरका मानिसहरु माइखोलाको २ फिट बाढी पसेकोले उनीहरु नेपाल-भारत सिमाना दशगजामा सुरक्षित स्थानमा सारिएको छ । गौरीगञ्ज(४ सुकुम्बासी बस्तीमा कृष्णखोलामा आएको बाढी पस्दा १५ घर, खजुरगाछीको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी राष्ट्रिय प्रावि अल्तावारीमा सुरक्षित स्थानान्तरण गरिएको छ ।

 

बाह्रदशी-२ स्थित गैरीगाउँमा अदुवाखोलामा आएको बाढीले ७ सात वटा घरमा पानी पसेर बिस्थापित भएकोले स्थानीय र नेपाल प्रहरीको सहयोगमा आफन्तको घरतर्फ सार्ने कार्य भएको राजगढ प्रहरी टोलीले जनाएको छ ।

 

प्रहरी चौकी महारानीझोडा क्षेत्रका बिभिन्न स्थानमा गरी २०, २२ घरमा परेको पानी खेतमा जम्मा भएर घरमा पसेको थियो । दमक-७ स्थित सितारामा साहको किराना पसलमा नालीको पानी पसेर बिभिन्न खुद्रा सामानहरु दाल, चामल, मकै, जौ, खुर्सानीमा क्षति पुगेको छ ।

 

कमल-१ सोलमारीका हरि खड्काको बाँसको टाटी टिनको छानो भएको घरमा खेतमा वर्षाको कारण जम्मा भएको पानी पसेर धान, चामल भिजेको र उनी छिमेकिको घरमा गएर बसेका छन् ।