झापा । झापामा अविरल वर्षाका कारण विभिन्न खोला तथा खोल्सामा आएको बाढीका कारण आवत जावतमा समस्या हुन थालेपछि झापाको हल्दिबारी गाँउपालिका र शिवसताक्षी नगरपालिकाले सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएका छन् ।
झापाका अधिकांश पालिका वर्षाका कारण प्रभावित भएपछि स्वतःस्फूर्त रुपमा विद्यालयहरु बन्द भएका छन् । यसैबीच, विद्यालयहरुमा विस्थापितहरुलाई राख्न थालिएसँगै पनि विद्यालयहरु बन्द हुन थालेका हुन् । वर्षा कम नभएसम्मका लागि विद्यालय बन्द भएका हुन् ।
हल्दिबारी गाँउपालिका अध्यक्ष रवीन्द्र लिङ्देनकाअनुसार लगातारको वर्षाले सडकहरु भत्केका कारण बालबालिकाहरुलाई हिँडडुलमा समस्या हुनसक्ने भएकाले यस्तो निणर्य गरिएको हो । विद्यालय लगाउने वा विद्यार्थीहरु विद्यालय आएर पठनपाठन गर्ने अवस्था नभएर विद्यालय बन्द गरेका छौँ, उनले भने ।
विद्यायलसम्म विद्यार्थीहरु आउन सक्ने अवस्था नरहेकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्न सबै विद्यालयहरुलाई भनिएको नगर शिक्षा शाखा प्रमुख छवि ढकालले बताए ।