समाज

झापामा १३ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

By admin

July 08, 2022

बिर्तामोड । झापा गाउँपालिकामा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका ३ का २२ वर्षीय फरमान अली र सोही गाउँपालिका ४ का ३२ वर्षीय मनोज गणेश रहेका छन् ।

 

इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो चेकजाँचको क्रममा उनीहरूलाई १३ ग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थानसहित पक्राउ गरेको हो ।

 

ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।