समाज

अर्जुनधाराका जनप्रतिनिधिसँग न्यायमा पहुँचबारे अन्तरक्रिया

By admin

July 08, 2022

शनिश्चरे । झापा जिल्ला अदालतको आयोजना तथा अर्जुनधारा नगरपालिकाको समन्वयमा एक दिवसीय न्यायमा बाह्य पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

नगरपालिकाको न्याय सम्पादनमा सहज होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । सहभागी जनप्रतिनिधिहरुले जनताका समस्या र त्यसमा अदालतले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्ना धारणा व्यक्त गरेका छन् ।

 

कार्यक्रमको अध्यक्षता जिल्ला न्यायाधीश गिरिराज गौतमले गरेका थिए भने जिल्ला न्यायाधीश शंकरबहादुर राई, ओमबहादुर सोडारी लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन ,उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीता राई, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरूको सहभागिता रहेको थियो ।