समाज

मेचीपुलबाट ब्राउन सुगरसहित रोजिना पक्राउ

By admin

July 09, 2022

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका ६ मेचीपुलबाट एक जनालाई युवतीलाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षीया युवती रहेकी छन् ।

 

प्रहरीका अनुसार मेचीनगर नगरपालिका ७ नयाँ बसपार्क बस्ने २२ वर्षीया रोजिना आले खड्कालाई पक्राउ गरिएको हो । हिजो (शुक्रबार) बेलुका साढे ७ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेकी खड्कालाई पक्राउ गरेको हो ।

 

पक्राउ परेकी खड्कामाथि खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर २ ग्रामसहित फेला पारिएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।