झापा । झापाको मेचीनगर नगरपालिका ६ बाट अवैधरुपमा भारततर्फ लाँदै गरेको सुपारी प्रहरीले बरामद गरेको छ ।
सोमबार राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले नेपालबाट भारततर्फ लुकाई छिपाई लाँदै गरेको अवस्थामा २४५ किलोग्राम सुपारी बरामद गरेको हो । उक्त सुपारीको बजारमूल्य अन्दाजी १ लाख २२ हजार ५ सय रहेको छ ।
बरामद भएको उक्त सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।