शिक्षा

बिर्तामोडका उत्कृष्ट तीन शिक्षकलाई जनही ५० हजार पुरस्कार

By admin

July 14, 2022

झापा । बिर्तामोड नगरपालिकाले तीन जना शिक्षकलाई आज सम्मान गरेको छ । उत्कृष्ट शिक्षकका रुपमा उनीहरु सम्मानित भएका हुन् ।

 

सम्मानित हुनेमा मोहनमाया माविका शेरबहादुर श्रेष्ठ, साङ्गवेद संस्कृत माविका श्यामप्रसाद दाहाल र लक्ष्मी नारायण प्राविका जनकबहादुर थापा छन् ।

 

नगरपालिकाले उनीहरुलाई जनही ५० हजार रुपैयाँको दरले पुरस्कृत गर्दै सम्मान गरेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । तीन सदस्यीय छनोट समितिले सम्मानित शिक्षकको नाम छानेको हो ।

 

शिक्षकहरुलाई उपमेयर नगेन्द्रप्रसाद संग्रौला, कार्यपालिका सदस्य यमुना आचार्य र शिक्षा शाखा प्रमुख भण्डारीले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

 

नगरपालिकाले सेवा निवृत्त भएका २२ जना शिक्षकलाई पनि सम्मान गरेको छ । २०७६ भदौ २३ गतेयता सेवा निवृत्त भएका शिक्षक सम्मानित भएका हुन् ।