समाज

बुद्धशान्तिमा ट्याक्टरले किचेर सहचालकको मृत्यु

By admin

July 15, 2022

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा खेत जोत्ने क्रममा ट्याक्टर अचानक पल्टिएर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

 

शुक्रबार दिउँसो ४ बजे बुद्धशान्ति वडा नम्बर ५ शान्तिनगर गैरिगाँउस्थित खेतमा प्र.१-०१-००१ त ९३२५ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा अचानक पल्टिएर दुर्घट्ना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २६ वर्षीय विकास कुमालको घटनास्थलमै मृत्यु भएको हो ।

 

ट्याक्टर र ट्याक्टर चालक ३४ वर्षीय चन्द्रबहादुर कुमाल प्रहरीको नियन्त्रणमा रहेको र इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

त्यस्तै, शुक्रबार साँझ ५ः३० बजे भद्रपुर वडा नम्बर ३ बस्ने सितु सापकोटाका छोरा ११ वर्षीय ईश्वर सापकोटाको देउनिया खोलामा डुबेर मृत्यु भएको छ ।

 

नुहाउन जाँदा खोलामा डुबी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय पृथ्बीनगरबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजतलास गर्ने क्रममा खोलाको किनारमा बालक मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।