समाज

फिदिम नगरप्रमुखले तलबभत्ता विपन्न परिवारलाई दिने

By admin

July 17, 2022

पाँचथर । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आफूले पाउने तलबभत्ता तथा सुविधाबाट नगरका विपन्न, अशक्त भएका परिवार र सामाजिक कार्यमा सहयोग गर्ने घोषणा गरेका छन् ।

 

उनले आफ्नो घोषणाअनुरुप नै सोही परिवारलाई सहयोग रकम समेत उपलब्ध गराउन सुरुवात गरेका छन् । उनले पहिलो चरणअन्तर्गत आफूले पाएको सेवा सुविधाबाट फिदिम ४ स्थित जागृति आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि लुगा धुने वासिङ मेसिन खरिद गर्न ३५ हजार रुपैयाँ रकम प्रदान गरे । उनले सोही विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद लुईटेललाई ३५ हजार रुपैयाँ रकमको चेक हस्तान्तरण गरेका हुन् ।

 

नगरप्रमुख काफ्लेले पाउने तलबभत्ता लगायत सेवा सुविधाबाट नगरपालिकाका १४वटै वडामा आवश्यकताअनुसार विपन्न, अशक्त ब्यक्ति परिवारलाई निरन्तर रुपमा सहयोग गर्दै जाने नगरप्रमुखका स्वकीय सचिव भिम कार्कीले जानकारी दिए । इमेज खबरबाट