समाज

घाइते भएका बिर्तामोडका सविनको उपचारका क्रममा मृत्यु

By admin

July 18, 2022

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा भएको सडक दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । बुद्धशान्ति १ स्थित मेची राजमार्ग असार २९ गते भएको दुर्घटनामा मोटरसाइकलमा सवार बिर्तामोडका युवाको ज्यान गएको हो ।

 

मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ अन्दाजी २ः३० बजे आइरहेको प्र.१-०१-०१५ प ३४०३ नम्बरको मोटेसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १ ज ३१८९ नम्बरको बोलेरो गाडी एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

 

दुर्घटनामा परी मोटरसाइकल चालक झापा बिर्तामोड १ का २० वर्षीय सविन बिष्ट घाइते भएका थिए । बिष्टको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा आज अपराह्न ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

सोही मोटरसाइकलको पछाडि सवार झापा अर्जुनधारा ११ का २० वर्षीय सन्दिप राजवंशी सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परेको बोलेरो गाडी, चालक ईलाम नगरपालिका ५ बस्ने ३२ वर्षीय सुर्य अधिकारी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको सम्बम्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।