समाज

पैनीमा डुबेर पथरीशनिश्चरेकी बालिकाको मृत्यु

By admin

July 21, 2022

मोरङ । मोरङको पथरीशनिश्चरे ९ सगरमाथा चोकमा पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

 

तेह्रथुम छथर गाउँपालिका ३ घर भई हाल पथरीशनिश्चरे ९ मा बस्दै आएका कुमार लिम्बूको १९ महिनाकी छोरी स्नेहा लिम्बू आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबेर मृत्यु भएको हो ।

 

घटनास्थलमा ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली पुगेर लाशलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल पठाएको र घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।