शिक्षा

बिर्तामोडमा ऐन जारी नभएसम्म शिक्षकको सरुवा रोक्ने निर्णय

By admin

July 22, 2022

बिर्तामोड । बिर्तामोड नगरपलिकाले नगर शिक्षा ऐन जारी नभएसम्म शिक्षकको अन्तर जिल्ला र अन्तरपालिका सरुवा रोक्ने निर्णय गरेको छ । मेयर पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

 

ऐनको मस्यौदा छलफलमा रहेकाले अन्तर जिल्ला र अन्तरपालिका सरुवा रोक्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले बताए । शिक्षा ऐनको मस्यौदा तयार भएर छलफलको क्रममा रहेको र साउनको अन्तिमसम्ममा छलफल सकेर कार्यपालिकामा पेश गर्ने गरि काम भईरहेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

 

ऐनको मस्यौदा कार्यपालिका बैठकमा पेश भए पनि सरोकारवालाले असहमति जनाउँदै आएका छन् । यसै महिनाभित्र सरोकारवालासँग सहमति जुटाएर ऐन पारित गर्ने नगरपालिकाको तयारी छ ।