समाज

अर्जुनधाराका अम्बर पौडेल बहुविवाह मुद्दामा पक्राउ

By admin

July 23, 2022

झापा । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नंं ९ बस्ने ३४ वर्षिय अम्बरबहादुर पौडेल रहेका छन् ।

 

झापा जिल्ला अदालतबाट २०७६ मंसिर १९ गतेको फैसला भएबमोजिम बहुविवाह मुद्धामा उनलाई १ बर्ष ६ महिना ६ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फरार रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

 

उनलाई शुक्रबार झापा जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले कारागार पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।