अमित खम्बू, अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले गत आर्थिक वर्ष ०७८/०७९मा लक्ष्यभन्दा बढी आन्तरिक आय संकलन गर्न सफल भएको छ । दैनिक संकलन गर्ने क्षेत्रसँगै आम्दानीका अन्य क्षेत्रबाट प्राप्त आय प्राप्त भएपछि नगरपालिकाले उक्त लक्ष्यभन्दा बढी आन्तरिक आय संकलन गर्न सफल भएको राजश्व शाखा प्रमुख डेनजनी आचार्यले जानकारी दिए ।
नगरपालिकाको नगर सभाबाट पारित आर्थिक ऐन् अनुसार पाँच करोड ५० लाख रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएकोमा पछि राजश्व परामर्श समितिको संशोधित आय प्रक्षेपण अनुसार पाँच करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो ।
शाखाका अनुसार नगरपालिकाले दैनिक संकलन गर्ने क्षेत्रबाट चार करोड ८४ लाख २३ हजार सात सय ९८ रुपैयाँ ८६ पैसा र आइतबारे बजार ठेक्काबाट २४ लाख २७ हजार तीन सय ६६ रुपैयाँ संकलन गरेको छ ।
उक्त आन्तरिक आय नदीजन्य सामग्री उत्खनन्, संकलन तथा बिक्री, अर्जुनधारा–११स्थित टेकबहादुर गिरी बसपार्क र विज्ञापन करबाट प्राप्त हुने आयबाहेक भएको शाखा प्रमुख आचार्यले बताए । उनी भन्छन्, “सबै आय जोड्ने हो भने नगर सभाबाट पारित लक्ष्यभन्दा बढी आन्तरिक आय संकलन हुने छ ।”
सिफारिस दस्तुरबाटै १ करोड ६८ लाख शाखाले उपलब्ध गराएको दैनिक संकलन गर्ने क्षेत्रअन्र्तगतको शीर्षकगत आवधिक आय संकलन विवरण अनुसार सिफारिस दस्तुरबापत मात्र एक करोड ६८ लाख ६७ हजार ६१३ रुपैयाँ १३ पैसा संकलन भएको छ ।
यस्तै, भूमि तथा मालपोत कर बापत ९३ लाख ४१ हजार दुई सय ३६ रुपैयाँ ९६ पैसा, नक्सा पास दस्तुर बापत ७१ लाख ३३ हजार छ सय ७९ रुपैयाँ ६५ पैसा, घर बहाल कर बापत २८ लाख ८९ हजार नौ सय ५३ रुपैयाँ ७९ पैसा, व्यवसाय कर बापत २५ लाख ५९ हजार सात सय ६७ रुपैयाँ संकलन भएको छ ।
यसैगरी, बहाल बिटौरी बापत २४ लाख ४८ हजार छ सय २८ रुपैयाँ ६७ पैसा, सरकारी सम्पत्तीको बहालबाट प्राप्त आय–सम्पत्ती भाडा बापत २० लाख नौ हजार छ सय रुपैयाँ, सम्पत्ती कर बापत ११ लाख छ हजार ६२ रुपैयाँ संकलन गरिएको छ ।