बिर्तामोड । सौन्दर्यप्रेमी तथा छालाको समस्याबाट पीडित भएकाका लागि झापाको बिर्तामोडमा कोरियन स्किन केयर सञ्चालनमा आएको छ । बिर्तामोडस्थित हनुमान कम्प्लेक्सको दोस्रो तलामा बुधबारदेखि स्किन केयर सञ्चालनमा आएको हो ।
स्किन केयरको उद्घाटन स्पेसलिस्ट पवी गुरुङ र बृद्धआमा इन्द्रकुमारी लिम्बूले संयुक्तरुपमा गरेका थिए । छालाको सुरक्षाका लागि भरपर्दो ब्राण्ड डिएम सेलको उत्पादन उपलब्ध हुने स्किन केयर बिर्तामोडमा काठमाडौँ, पोखरा र चितवनपछि सञ्चालनमा आएको ब्राण्डकी स्पेसलिस्ट गुरुङले बताइन् । पूर्वमा पहिलोपल्ट भित्रिएको यस ब्राण्डको उत्पादन पूर्वका जिल्ला तथा सहरहरुलाई लक्षित गरि स्किन केयर सञ्चालनमा ल्याइएको बताइएको छ ।
डिएम सेल्स ब्राण्डका उत्पादनहरु विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट मान्यता प्राप्त भएको दाबी गरिएको छ । यस ब्राण्डको उत्पादनको प्रयोगले छालासम्बन्धी समस्याको प्राकृतिकरुपमै उपचार सम्भव हुने पनि गुरुङले जानकारी दिएकी छन् ।
छालाको प्रकार तथा स्तरअनुसार उपचार सम्भव हुने बताइएको डिएम सेलको उत्पादनको प्रयोग अन्य ब्राण्डभन्दा महँगो हुने भए पनि खर्चअनुसारको सन्तुष्टि मिल्ने पनि उनले बताइन् ।
मेचीनगर १२ स्थित धाइजनकी टिका लिम्बूले सञ्चालनमा ल्याएको यस स्किन केयर मा डिएम सेल्सका ५० वटाभन्दा बढी उत्पादनहरु उपलब्ध छन् । यहाँ महिला तथा पुरुषमा देखिने छालाका समस्याको क्रिम तथा उपचार हुने सञ्चालिका लिम्बूले बताइन् ।
यहाँ विशेष गरेर कोरियन प्रविधिद्वारा डण्डीफोर, चाया, पोतो, चाउरीपन, चिलाउने, छाला सुख्खा हुने, कोठी हटाउने, टक्सिन पिल ट्रिटमेन्ट र छालाका विभिन्न समस्याहरुको उपचार हुने बताइएको छ ।