समाज

पाँचथरमा अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकोप्टरमार्फत उद्धार

By admin

July 28, 2022

पाँचथर । अत्यधिक रक्तश्राव भएकी पाँचथरको फालेलुङ गाउँपालिका ७ की २३ वर्षीया एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएको छ ।

 

पाठेघर बाहिर डिम्बबाहिनी नलीमा बसेको गर्भका कारण नली फुटेर रक्तश्राव हुँदा गम्भीर अवस्थामा पुगेकी जानुका ठटाललाई बिहीबार अपराह्न जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टर झिकाएर विराटनगर पठाएको हो ।

 

गर्भ परीक्षणका क्रममा पाठेघर बाहिर बच्चा रहेकाले तत्काल उपचार गर्न सुझाइएको डाक्टर वरुण अग्रवालले जानकारी दिए । डा अग्रवालका अनुसार डिम्बबाहिनी नलीमा बच्चा रहेको ती महिलाको स्वास्थ्य अवस्था एक साताअघिदेखि नै गम्भीर थियो ।

 

हेलिकोप्टर झिकाउन फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयले पहल गरेका थिए । इकान्तिपुरबाट