सुनसरी । बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ वर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् ।
विश्वकर्मालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आइआरटी)बाट खटिएको प्रहरी टोलीले हिजो खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको जनाइएको छ ।
विश्वकर्माको बालयौन दुरुपयोग मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको २०७८ मंसिर २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरीवाना भई लगत नम्बर १२१२ मा कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेको थियो ।