अर्थ बजार

‘वाह ! अलैंची’ अभियान सुरु

By admin

July 30, 2022

झापा । अलैँचीको बजार तथा उपभोग पैवद्र्धन गर्ने उद्देश्यसहित वाह अलैंची अभियान सुरु गरिएको छ । ‘स्वाद अलैँचीको, मिठास नेपालको’ नारासहित अभियान सुरु भएको हो । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोग तथा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा अभियान थालिएको हो ।

 

यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहने छ । बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता, शेफ सन्तोष शाह, अभियानको ब्रान्ड एम्बेसेडर रहेका छन् । उनले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार तयार गर्नेछन् ।

 

साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थी र शेफहरूलाई आफ्नो पाककलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च प्रदान गर्ने नेपाल अलैँची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले बताए ।