शनिश्चरे । झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को आयोजनामा स्थानीयमा विद्यालयमा कार्यरत शिक्षकहरूका लागि ४ दिने पुनर्ताजगी तालिम आजबाट सुरू भएको छ। विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले वडा कार्यालयबाट तालिमको आयोजना गरिएको हो ।
वडा अध्यक्ष हरिष्चन्द्र बाँस्तोलाको अध्यक्षता तथा नगर प्रमुख बलदेवसिह गोम्देनको प्रमुख आतिथ्यमा आजदेखि सुरु तालिममा वडामा रहेका २ वटा विद्यालयका ३० जना शिक्षकशिक्षिका सहभागी छन् । यस वडामा लक्ष्मी मावि र बालकल्याण आधारभूत विद्यालय सञ्चालनमा छन् ।
तालिममा विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धिलगायत सामुदायिक विधालयमा विद्यार्थीहरुको आकर्षण तथा वर्तमान स्थितिका बारेमा सहभागी शिक्षकहरुलाई मेची बहुमुखी क्याम्पसका प्राध्यापक कुमार सुवेदीले प्रशिक्षण दिनेछन् ।
वडा सदस्य टुम्मनाथ काफ्लेले स्वागतसँगै कार्यक्रमको अैचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन शिक्षक डिल्लीराम पोख्रेलले गरेका थिए ।