समाज

पोखरामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गयो

By admin

August 01, 2022

कास्की । पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

 

गएरातिदेखिको वर्षापछि घरमाथिबाट आएको पहिरोले पुरिँदा सन्तोष सुनारको ज्यान गएको हो । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।

 

सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिए । सुनिता र सिमन दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।