अर्थ बजार

काँकरभिट्टाबाट पौने २ लाख बराबरको सुपारी बरामद

By admin

August 01, 2022

झापा । झापाको मेचीनगर नगरपालिका क्षेत्रबाट अवैधरुपमा भारततर्फ निकासी गर्न लाँदै गरेको अवस्थामा प्रहरीले २ स्थानबाट पाैने २ लाखभन्दा बढी मूल्यको सुपारी बरामद गरेको छ ।

 

प्रहरीका अनुसार आज सोमबार बिहानको राति साडे ३ बजेतिर इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ स्थित दुर्गा मन्दिर नजिकबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको ८७ हजार ५ सय मूल्यबराबरको सुपारी बरामद गरेको छ ।

 

यसैगरी, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साडे ११ बजे मेचीनगर ६ नम्बर वडास्थित जेसिका ठ्याकबाट भारततर्फ अवैधरुपमा लाँदै गरेको अवस्थामा ९६ हजार मूल्यबराबरको सुपारी बरामद गरेको प्रहरीले जनाएको छ ।

 

बरामद गरिएको सुपारी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिएका छन् ।