समाज

चोरी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

By admin

August 02, 2022

विराटनगर । चोरी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका वडा नं. ४ बस्ने ३० वर्षीय संजयकुमार मण्डल र सुनसरी धरान उपमहानगरपालिका वडा नं. ३ भानु स्मृतिमार्ग बस्ने ३७ वर्षीय विशेष भुजेल रहेका छन् ।

 

उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) बाट खटीएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा हिजो गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दुवैलाई सम्मानित मोरङ जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार पठाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

फरार रहेका संजयकुमार मण्डललाई चोरी मुद्धामा मोरङ जिल्ला अदालतको २०७८ कात्तिक ८ गतेको फैसला आदेशले क्रमशः ५ महिना १४ दिन कैद र पाँच हजार जरीवाना तोकिएको थियो ।

 

यस्तै, भुजेललाई मोटरसाइकल चोरी मुद्धामा मोरङ जिल्ला अदालतको २०७८ कात्तिक १० गतेको आदेशले क्रमशः ५ महिना ५ दिन कैद र पाँच हजार जरीवाना तोकेको थियो ।