समाज

कानेपोखरीमा बसबाट लडेर एक जनाको मृत्यु

By admin

August 02, 2022

मोरङ । कानेपोखरी-रंगेली सडकखण्डस्थित कानेपोखरी-२ मा बसबाट लडेर एक वृद्धको मंगलबार मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका २ का ७३ वर्षीय बलभद्र पराजुलीको मृत्यु भएको हो ।

 

कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को१ख ४१८८ नम्बरको यात्रुबाहक बसबाट ओर्लने क्रममा लडेर घाइते भएका पराजुलीको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।

 

उक्त बस र बस चालक रतुवामाई २ का बाबुराम टुडुलाई इलाका प्रहरी रंगेलीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको उनले बताए ।