समाज

तेह्रथुममा मुस्लीले हानेर बाबुको हत्या

By admin

August 02, 2022

तेह्रथुम । छथर गाउँपालिका–५ ओख्रे ठकुरीगाउँमा छोराले आफ्नै बुबालाई मुस्ली प्रहार गरी हत्या गरेका छन् । २४ वर्षीय छोरा टंक भण्डारीले ५३ वर्षीय बाबु भक्तहादुर भण्डारीलाई पिठो कुट्ने मुस्ली प्रहार गरी मंगलबार हत्या गरेका हुन् ।

 

मुस्ली प्रहारबाट गम्भीर घाइते भएका भक्तबहादुरको उपचारका क्रममा छथर उस्पतालमा लगिएको थिये । तर, उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक निशान थापाले बताए ।

 

मृतकको शव पोर्टमाटमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । बाबुको हत्यापछि छोरा टंक फरार रहेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण छोराले बावुको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।