समाज

झापाको कमलमा पौडी खेल्दा एक जना बेपत्ता

By admin

August 02, 2022

दमक । झापाको गौरादह ९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएको छ । बेपत्ता हुने कमल गाउँपालिका १ बस्ने १८ वर्षीय उज्ज्वल खरेल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

मंगलबार दिउँसो २ बजे साथीहरूसँग खरेल पौडी खेल्न गएका थिए । पौडी खेलिरहेका तीन जना सकुशल निस्किए पनि खरेल बेपत्ता भए । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

१ नम्बर प्रदेश विपद् व्यवस्थापन कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक काशीनाथ रेग्मीको कमान्डमा १४ जना, इलाका प्रहरी कार्यालय झिलझिले, सशस्त्र बेस क्याम्प बैगुनधुरा र अस्थायी प्रहरी चौकी बैगुन्धुराको टोलीले उनको खोजी गरेको भए पनि फेला पार्न नसकिएको जनाइएको छ ।