समाज

दमककी मन्जिता लागूऔषध मुद्दामा पक्राउ

By admin

August 04, 2022

झापा । लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दमक नगरपालिका बस्ने २७ वर्षीया मन्जिता सहनी रहेकी छन् । उनलाई झापा जिल्ला अदालतको २०७५ माघ १६ गतेको फैसलाबमोजिम लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सुनाइएको थियो ।

 

फरार रहेकी सहनीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबाार पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि बुधबार झापा जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार पठाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।