खेलकुद

अर्जुनधारामा चेस क्लब

By admin

August 04, 2022

शनिश्चरे । झापाको अर्जुनधारामा कुमार भट्टराईको संयोजकत्वमा अर्जुनधारा चेस क्लब गठन भएको छ । भट्टराईको संयोजकत्वमा आज (बिहीबार) शनिश्चरेमा आयोजित एक भेलाबाट अर्जुनधारा नगरस्तरीय चेस क्लब गठनसँगै कार्यसमिति पनि चयन गरिएको छ ।

 

समितिको अध्यक्षमा पदमबहादुर मगर चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा मोहम्मद हासिम, सचिव ईश्वरकुमार उप्रेती, कोषाध्यक्ष राजेन्द्रकुमार कार्की (हरि), सदस्यहरूमा अर्जुन गुरुङ, प्रदिप डे, खगेन्द्र श्रेष्ठ, शिवप्रसाद आचार्य, गोपाल राजवंशी, तहिदन मोहम्मद चयन भएका छन् ।

 

नगरभित्र सयौँ खेलाडी भए पनि संगठितरुपमा खेलको विकास नभएको तथा खेल विकास र खेलाडीहरूलाई सङ्गठित गर्ने उद्देश्यले चेस क्लब गठन गरिएको संयोजक कुमार भट्टराईले बताए ।