समाज

मेचीनगरको पालिया खोलामा नवजात शिशु मृत फेला

By admin

August 05, 2022

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका ७ स्थित पालिया खोलामा शुक्रबार एक नवजात शिशुको शव फेला परेको छ ।

 

पूर्वपश्चिम राजमार्गदेखि सय मिटर दक्षिण पालिया खोलामा शिशुको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

 

शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।