अर्थ बजार

इलाममा राहदानी लिनेको संख्या दोब्बरले वृद्धि

By admin

August 06, 2022

इलाम । इलाममा राहदानी (पासपोर्ट) लिने मानिसको संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ७ सय ९८ जना मानिसले राहदानी लिएका हुन् । आर्थिक वर्ष २०७७/०७८ मा इलाममामा राहदानी लिनेको संख्या २ हजार ४५ जना मानिसले राहदानी लिएका थिए ।

 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादव राउतका अनुसार विगतका वर्षहरुमा कोभिडका कारणले राहदानी लिनेको संख्या कम भएको र अहिले राहदानी लिनेको संख्या दोब्बरले बढेको हो । इलाममा गएको फागुन महिनाबाट ई-पास्पोर्ट बनाउन सुरु भएको उनले बताएका छन् ।

 

हालसम्म ई-पास्पोर्ट २ हजार ३४८ जनाले लिएको समेत उनले बताए । उनका अनुसार पासपोर्ट बनाउनेमा युवा पुस्ता बढी रहेको र रोजगारीभन्दा पनि अध्ययनका लागि जापान र खस्ट्रेलिया लगायतका मुलुकमा जाने भन्दै आउनेको संख्या बढी पाइएको छ । त्यस्तै २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय इलामबाट वंशजको आधारमा नागरिकता लिनेको संख्या १० हजार ७७१ जना रहेका छन् ।

 

जिल्लाको इलाका प्रशासन कार्यालय र सीमा प्रशासन कार्यालयबाट पनि नागरिकता वितरण हुँदै आएको छ । इलाका प्रशासन मंगलबारेबाट २ हजार ७६२ जनाले नागरिकता लिएका छन् ।

 

उता सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट १ हजार ९८ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन इलाम, इलाका प्रशासन कार्यलय मंगलबारे र सीमा प्रशासन कार्यालय पशुपतिनगर गरी तीनै वटा कार्यालयबाट प्रतिलिपि नागरिकता लिनेको संख्या ७ हजार ५२३ जना रहेका छन् । साथै बैबाहिक अङ्गीकृत नागरिकता लिनेको संख्या ७२ जना रहेका छन् । इमेज खबरबाट