समाज

फिदिममा मृत्यु भएकी सुत्केरीको शव उठ्न सकेन

By admin

August 07, 2022

पाँचथर । सदरमुकाम फिदिम बजारमा रहेको गणेशमान सिंह सामुदायिक हस्पिटलमा मृत्यु भएकी एक सुत्केरी महिलाको शव अहिले साँझ ७ः२० बजेसम्म उठ्न सकेको छैन ।

 

आजै बिहान फिदिम नगरपालिका वडा नं. ६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक) को हस्पिटलमा मृत्यु भएको थियो । मृतकका परिवारले शव बुझ्न नमानेपछि अहिले अस्पताल प्रशासन, जिल्ला प्रशासन, जनप्रतिनिधि र परिवारबीच छलफल चलिरहेको छ ।

 

शनिबार बिहानपख अस्पताल भर्ना भएकी करिनाको बिहान ८ बजे नर्मल डेलिभरी भएको थियो । दिउँसो आफन्तहरु सबैसँग भेटघाट गरेकी करिनाको बेलुका स्वास्थ्य अवस्थामा समस्या देखिएको बताइएको छ ।

 

शरीरमा रगतको मात्रा कम हुँदा थप रगत दिइएको त्यसपछि रक्तश्राव समेत रोकिएको तर अचानक प्रेशर घटन थालेकोे उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यसलाई मेडिकल भाषामा पीपीएच भइ एआरडिएस मा गएका कारण मृत्यु भएको चिकित्सकको दाबी छ ।