समाज

झापाको कचनकवलमा साइकलबाट लडेर मृत्यु

By admin

August 07, 2022

झापा । झापाको कचनकवलमा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका ५ पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

 

प्रहरीका अनुसार आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा साइकलबाट लडेर घाइते भएका थिए ।

 

घाइते उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगिएको र उपचारको क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।