समाज

बियर भारत लाँदै गर्दा पिकअपसहित इलामका युवा पक्राउ

By admin

August 07, 2022

झापा । भन्सार छली अबैध रुपमा नेपालबाट भारततर्फ लाँदै गर्दा पिकअपसहित पेय पदार्थ प्रहरीले बरामद गरेको छ । शनिबार साँझ ६ बजे कचनकवल गाउँपालिका ४ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा भारततर्फ अबैध रुपमा भन्सार छली को १ च ६२३४ नम्बरको पिकअपबाट विभिन्न ब्राण्डका बियर र पेय पदार्थ प्रहरीले बरामद गरेको हो ।

 

अवैधरुपमा पिकअपबाट लाँदै गरेको ९ कार्टुन गोर्खा बियर र १७ कार्टुन अर्ना बियर, साईन फिटो कोक १ कार्टुन, स्प्राईट ३ बण्डल (१.५ लि), कोकाकोला २ बण्डल (१.५ लि) बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

 

पिकअपसहित अन्दाजी ७ लाख ७८ हजार ६०० मूल्यबराबरको सामान र पिकअप चालक ईलाम देउमाई २ का २३ वर्षीय कपिल मगरलाई ईलाका प्रहरी कार्यालय केचनाबाट खटिएको टोली र सशस्त्र प्रहरी बल बिओपी केचनाको टोलीले पक्राउ गरी आवश्यक कारबाहीको भन्सार कार्यालय भद्रपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।