राजनीति

अभयको नेतृत्वमा राजवंशी समाज विकास समिति

By admin

August 14, 2022

बिर्तामोड । झापा कनकाइस्थित घैलाडुब्बाका शैक्षिक व्यवसायी अभय राजवंशी (वरुण) राजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । उनी कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष पनि हुन् ।

 

त्यस्तै, समितिको चार उपाध्यक्षमा बद्रीनारायण राजवंशी, मोहन राजवंशी, नौतली राजवंशी र लक्ष्मीकुमारी राजवंशी चयन भएका छन् । समितिको महासचिवमा राजुकुमार राजवंशी र कोषाध्यक्षमा अनिलकुमार राजवंशी चयन भएका छन् ।

 

त्यस्तै, चार जना सचिवमा संगीता राजवंशी, सुवासचन्द्र राजवंशी, बबिता राजवंशी र पूर्णलाल राजवंशी चयन भएका छन् । समितिको सदस्यहरुमा सुपेन राजवंशी, रविन्द्र राजवंशी, नारायण राजवंशी, सुखित राजवंशी, जयप्रकाश राजवंशी, प्रमोद राजवंशी, मदनलाल राजवंशी, कल्पना राजवंशी, सावित्रा राजवंशी र मिनाकुमारी राजवंशी चयन भएका छन् ।

 

बिर्तामोडमा सम्पन्न समितिको विशेष केन्द्रीय अधिवेशनले अभयलाई अध्यक्षमा चयन गरेको हो । विशेष अधिवेशनबाट चयन भएको पदाधिकारी तथा सदस्यको बारेमा आज बिर्तामोडमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो । अध्यक्ष राजवंशीका अनुसार झापाबाट १० र मोरङबाट ११ जना समितिमा चयन भएका छन् । अब सुनसरी र काठमाडौँबाट ४ जनालाई मनोनित गरिने छ ।

 

असार ३१ र ३२ गते मोरङमा सम्पन्न अधिवेशन विधि र प्रक्रियाविपरीत भएको भन्दै विशेष केन्द्रीय महाधिवेशन तदर्थ समितिले बिर्तामोडमा अधिवेशन गरेको हो । २०५० सालमा स्थापना भएको विकास समिति झापा, मोरङ र सुनसरी जिल्लामा मुख्य बसोबास गर्ने राजवंशीहरूको साझा जातीय संस्था हो ।