अर्थ बजार

मेचीनगरकी टिकामाया बैंकिङ कसुर मुद्दामा पक्राउ

By admin

August 16, 2022

झापा । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १० निवासी ४० वर्षीया टीकामाया भट्टराई रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

 

प्रहरीका अनुसार उच्च अदालत विराटनगर इलाम इजलासको २०७९ असार ८ गतेको फैसलाबमोजिम बैंकिङ कसुर मुद्दामा फरार रहेकी भट्टराईलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले साउन २८ गते पक्राउ गरेको हो।

 

अदालतले उनलाई दुई दिन कैद, दुई लाख जरिवाना र पीडित राहत कोषमा ८ हजार जम्मा गर्नुपर्ने सजाय तोकेको छ। पक्राउ परेकी उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका झापा कारागार भद्रपुर लागि पठाइसकेको प्रहरीले जनाएको छ ।