समाज

पाँचथरका देवी बुढाथोकी ४ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ

By admin

August 16, 2022

पाँचथर । पाँचथरमा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । फिदिम नगरपालिका ११ का एक पुरुषलाई प्रहरीले पक्राउ हो ।

 

बलात्कृत बालिकाकाका आफन्तले दिएको उजुरीको आधारमा नागिनस्थित फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

 

बुढाथोकीलाई सोमबार पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । बुढाथोकीलाई पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।