समाज

दुर्घटनामा घाइते भएका दमकका स्कुटी चालकको मृत्यु

By admin

August 16, 2022

झापा । झापाको दमकमा गएको साउन २७ गते भएको सवारी दुर्घटनामा परी घाइते भएका स्कुटी चालकको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार घाइते दमक ४ का रामजुलुस नायकको मृत्यु भएको हो ।

 

साउन २७ गते दमक ४ स्थित चिया दोकानमा दक्षिणबाट उत्तरतर्फ बाटो काट्ने क्रममा नायक सवार प्र. १-०४-००१ प २४५५ नम्बरको स्कुटीलाई ठक्कर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ८ ख ३३३३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । टक्करको ठक्करबाट घाइते भएका ६८ वर्षीय नायकको तत्काल दमकको निम्स अस्पतालमा उपचारका लागि लगिएको थियो ।

 

तर, दमकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम उपचार भइरहेकोमा आज बिहान १० बजे स्कुटी चालक नायकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डिएसपी वसन्त पाठकले जानकारी दिए ।

 

उनका अनुसार दुर्घटनामा परेका दुवै सवारी साधान र ट्रक चालक झापा अर्जुनधारा ५ का ३८ वर्षीय मात्रिका दनुवारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।