खेलकुद

चारपानेमा पनि ‘बडी ग्यारेज’

By admin

August 19, 2022

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित ‘बडी ग्यारेज’ले चारपानेमा पनि ‘बडी ग्यारेज’ को शाखा सञ्चालनमा ल्याएको छ । युवा व्यवसायी राम दाहालले ५५ लाख रुपैयाँको लागतमा चारपानेमा ‘बडी ग्यारेज’ को शाखा सञ्चालनमा ल्याएका हुन् । यस शाखामा कम्तिमा १ सय जनाले एकैपटकमा जिम गर्न मिल्ने उनले बताए ।

 

चारपानेको ‘बडी ग्यारेज’मा जीमअन्तर्गत वेट ट्रेनिङ, कार्डियो ट्रेनिङ, पर्सनल फिजिकल ट्रेनिङ, जुम्बाको ट्रेनिङ, फिटनेश लगायत गरिने सञ्चालक राम दाहालले बताए । चारपानेमा ‘बडी ग्यारेज’ को शाखा सञ्चालनको अवसरमा एक सातासम्म छुटको व्यवस्था गरिएको उनले बताए ।

 

सञ्चालक राम दाहालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड २ का वडाध्यक्ष किशोर पौडेलले स्वागत गरेका थिए ।

 

कार्यक्रममा सहभागी बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौला, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, हिमालय किङ्डम नेप्लिज फाउन्डेसन अफ बडीबिल्डिङ एन्ड फिटनेसका केन्द्रीय सदस्य दिपेन चौधरीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव दुर्गाराज निरौलाले गरेका थिए ।