अर्थ बजार

नेपाल कुचो संघमा पुनः कार्की

By admin

August 20, 2022

झापा । नेपाल कुचो संघ केन्द्रीय समितिको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा राजकुमार कार्की सर्वसम्मत भएका छन् । आज काठमाडौमा भएको अधिवेशनमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

 

सोही अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ख्याम पोखरेल (झापा), उपाध्यक्षमा मातृका घिमिरे (इलाम), रविन्द्र खड्का (काठमाडौँ) र सुबास बोलछे (काठमाडौँं) चयन भएका छन् भने महासचिवमा धनपति पोखरेल (काठमाडौँ) र कोषाध्यक्षमा रुष्मा खतिवडा (काठमाडौँ) चयन भएका छन् ।

 

यसैगरी, सदस्यमा सुरेश चौधरी, देवनारायण चौधरी, बमबहादुर तामाङ, मनोज शाह, रोहित शाह, राजकिशोर चौधरी, राम आचार्य, प्रल्हाद शाह, आइतराज लिम्बू, गीता भट्टराईलगायत २१ जना कार्यसमितिमा चयन भएका छन् ।

 

उनीहरुलाई बरिष्ठ अधिवक्ता तथा निर्वाचन अधिकृत कुमारमणि अधिकारीले सपथ गराए । यसै अधिवेशनले प्रदेश १ का अध्यक्षका लागि मधुमल्लाका हेमचन्द्र बोहोरालाई चयन गरेको छ ।

 

पुनः अध्यक्ष पदका लागि चयन भएका कार्कीले आफ्नो कार्यकालमा देशभर रहेका सबै अम्लिसो किसान तथा व्यवसायीको समाधानका लागि सरकारसँग समन्वय गर्ने तथा भारत, बंगलादेश, थाइल्याण्डमा कुचोको निर्यात बढाउने प्रतिवद्धता जनाए ।

 

सोही कार्यक्रममा झापाका पत्रकार सन्तोष न्यौपानेलाई नगदसहित सम्मान गरेको छ । कुचो व्यवसायीसहित सञ्चारकर्मीलाई सम्मान गरेको हो ।