समाज

झापाको कनकाईमा ६ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

By admin

August 21, 2022

झापा । झापामा नाबालिकामाथि यौन हिंसा तथा दुर्व्यवहारको घटनाक्रम बढ्दो छ । यसैबीच, कनकाई नगरपालिकामा शुक्रबारमात्र ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीका अनुसार आरोपी पक्राउ परेका छन् ।

 

ती बालिकालाई बलात्कार गरेको अभियोगमा बारा जिल्लाको पचरौता घर भई हाल कनकाई नगरपालिका ४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

 

सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो अन्दाजी ३ बजेको समयमा बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा शनिबार साँझ ५ बजेतिर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा लिखित जाहेरी प्राप्त भएपछि प्रहरी खटिएको थियो ।

 

घटना र जाहेरीबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सामहम्दलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।